Wednesday, September 14, 2011

सुगा बोल्छ

१ दिन एउटा केटी सुगा किन्न गइछ
केटी: यस्को बिशेषता के हो ?
पसले: यो बोल्छ !

केटीले सुगालाई सोधी: म कस्ती देखिन्छु ?
सुगा: तँ त एकदम characterless देखिन्छेस् !

केटी : यो त कस्तो बदतमीज रैछ !
पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो 'भन् अब पनि गाली गर्छस् ?'
सुगा: नाइ नाइ, कहिल्यै गर्दिनँ !

पसलेले सुगलाई फेरी बाहिर ल्याएर केटीलाई भन्यो 'अब सोध्नुस् !'

केटी: यदि मेरो घरमा १ जना केटा मान्छे आयो भने तिमी के सोच्नेछौ ?
सुगा: तिम्रो श्रीमान् हो !

केटी: यदि २ जना आए ?
सुगा: तिम्रो श्रीमान् र देवर !

केटी: ३ जना आए ?
सुगा: तिम्रो श्रीमान्, देवर, अनि भाई !

केटी: यदि ४ आए ?
सुगा: ह्या ! पानी ल्या मुला, मैले त पहिल्यै भनेको नि यो character less भनेर !